३१ वैशाख, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बारा जिल्ला आउने कार्यक्रम स्थगित भएको छ ।
उनको स्वास्थ्यमा समस्या आएको कारण बारा आउने कार्यक्रम रद्द गरिएको जनाइएको छ । बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न उनी आज बारा आउन लागेका थिए ।
उनी नआउने भएपछि प्रशासकीय भवनको उद्घाटन कार्यक्रम पनि स्थगित भएको प्रसौनी गाउँपालिकाले जनाएको छ ।
अब उक्त भवनको उदघाटन यहि जेष्ठ ४ गते शुक्रबार विहान ११ बजे हुने निश्चित गरीएको छ ।