अन्तर्वार्ता

सर्लाहीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

११ असार २०८१, मंगलवार १३:४६

सर्लाही,११ असार । सर्लाहीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १५ बोहोरेडाँडाबाट पेस्तोलसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लालबन्दी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले मोक्तानलाई घरबाटै पक्राउ गरेको हो । मोक्तानले आफ्नै घरमा लुकाइछिपाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

उनको साथबाट १ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र ओप्पो मोडलको १ थान मोबाइलसमेत बरामद भएको प्रदेश प्रहरीका प्रवक्ता सुवाष चन्द बोहराले बताए ।

मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्