संस्थाको चिनारी
सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस–नेपाल) एक अविछिन्न , गैर राजनीतिक उद्देश्य लिएर स्थापित दिगो विकासमा समर्पित स्वशासित गैर सरकारी संस्था हो । रेस–नेपाल २०६१ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको हो । वीरगंज महानगरपालिका वडा नं. १६ लिंकरोडमा मुख्य कार्यालय रहेको रेस–नेपालको मुख्य उदेश्य प्रशारण र प्रकाशनका माध्यमले समाजिक परिवर्तनका पक्षमा वकालत गर्नु हो । आफनो उदेश्य अनुसार अगाडि वढन २०६३ साल भाद्र ८ गते संचार तथा सूचना प्रविधि मन्त्रायलबाट रेस नेपालका नाउँमा रेडियो नारायणी एफएम कलसाइन रहने गरि रेडियो प्रशारणको इजाजत लियो । सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले २०६३ कार्तिक ४ गते आफ्नो परिक्षण प्रशारण शुरु गयो । संचार तथा सूचना प्रविधि मन्त्रालयले २०६३ कार्तिक २४ गते नियमित प्रसारणको इजाजत दिएको थियो । २०६३ मंसीर १ गतेबाट नारायणी एफएम १०३.८ मेगाहर्जले दैनिक १८ घण्टे प्रसारण यात्रा शुभारम्भ  गर्‍यो ।
समाचार र समाचार मुलक कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय विषयलाई मुख्य एजेण्डा वनाउने, सार्वजनिक मामिलाहरूमा नागरिक निगरानीकर्ता र विकासको प्रेरक वन्ने, सूचनाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि सार्वजनिक सूचना खेज्ने र लिने कुरामा नागरिकहरूलाई सहजता प्रदान गर्न र तिनलाई अझ राम्ररी सुसूचित बनाउने कुरामा रेस नेपाल कटिवद्धछ । मूलतः जनताको सूचनाको अधिकारको प्रचलनका लागि सोच र अभिमत साटासाट गराएर सामाजिक पुँजीका रूपमा सार्थक र गतिशील सार्वजनिक विचार र अभिमत निर्माण गराउने जिम्मेवारी वहन गर्न संस्था क्रियाशिल रहनेछ ।

रेस नेपालले सूचनाको अधिकार, अभिव्यक्तिको स्वतन्त्रता, विकास र सामाजिक रूपान्तरणलाई बढाउने आधारभूत माध्यमको रूपमा स्थापित हुन, रेडियोबाट स्थानीय सामुदायिक आधारतहमा सूचना र अभिव्यक्तिको पहुँच प्रवद्र्धन गराएर नेपालको लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास प्रक्रियामा तिनको योगदान सुनिश्चित पार्न, सीमान्तकृत जनताको आवाज र सामुदायिक रेडियाको अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा गर्न जिम्मेवार भुमिका खेल्दै आएकोछ ।

सहकार्य
वीरगंजको नारायणी एफएम १०३.८ मेगाहर्जले बारा र पर्सामा रहेका स्थानीय तहहरु, मधेस प्रदेश सरकार, सामुदायिक रेडियो प्रसारक संघ, विविसी मिडिया एक्सन, युनिसेफ, एनजिओसिसि, युएसएआइडी, सच फर कमन ग्राउण्ड एन्टेना फाउन्डेशन नेपाल, युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस ९ग्क्क्ष्ए० लगाएतका संस्थाहरुको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।