अन्तर्वार्ता

वीरगञ्ज महानगरले हरेक वडामा चालूतर्फ ३८ प्रतिशत बजेट थप्यो, कुन वडामा कति पुग्यो बजेट ?(पूर्ण पाठसहित)

८ असार २०८१, शनिबार १८:२२

वीरगञ्ज  ८ असार। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा विकास निर्माणको बजेट थपेको छ ।

आगामी आर्थिक वर्ष ०८१ /०८२ का लागि वीरगञ्ज महानगरले प्रत्येक वडाअध्यक्षहरुलाई ३८ प्रतिशत बजेट थपेको हो । बजेट कम भएको भन्दै वडाअध्यक्षहरु नगरसभा हुन नदिने चेतावनी दिएपछि महानगरले महानगरले हरेक वडामा बजेट ‘सिलिङ’ थपेको हो ।

वीरगञ्ज महानगरको वडा नम्बर २५ का वडाध्यक्ष आषुतोस चतुर्वेदीले आगामी आर्थिक वर्षका लागि महानगरले हरेक वडामा चालूतर्फ ३८ प्रतिशत थपेको बताए ।

उनका अनुसार विकास निर्माणका कार्य गर्न कठिनाइ भइरहेको जानकारी गराएपछि आगामी वर्षका लागि सबै वडामा ३८ प्रतिशत चालू खर्च बढाएर बजेट विनियोजन गरिएको छ । वडाअध्यक्षहरुले १०० प्रतिशत बजेट चलाउन माग गरेको उनी बताउँछन् । तर मेयरले ३८ प्रतिशत मात्रै चालू खर्च तर्फ बजेट थपेको उनको भनाइ छ ।

अर्का वडाध्यक्ष संजु क्षतकुलीले पनि पहिला भन्दा आगामी वर्षका लागि सबै वडामा बजेट थप भएर आएको बताए । बजेट कम भएकोले महानगरमा गाँभिएका गाउँहरुको अझै पनि विकास हुन सकेको थिएन,’ उनले भने ।

कुन वडामा कति बजेट सिलिङ्ग ?

महानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका बजेटमा ३८ प्रतिशत थप भएपछि सबै वडामा चालूतर्फको बजेट करिब करोड रुपैयाँ पुगेको छ ।

महानगरले आगामी आर्थिक वर्षका लागि वडा नम्बर १ मा ९१ लाख ८ हजार, वडा नम्बर २ मा ९६ लाख ६० हजार, वडा नम्बर ३ मा ८८ लाख ३२ हजार, वडा नम्बर ४ मा ७७ लाख २८ हजार, वडा नम्बर ५ मा ७५ लाख ९० हजार, वडा नम्बर ६ मा ७८ लाख ६६ हजार, वडा नम्बर ७ मा पनि ७८ लाख ६६ हजार बजेट विनियोजन गरेको छ भने वडा नम्बर ८ मा ८५ लाख ५६ हजार, वडा नम्बर ९ मा ७४ लाख ५२ हजार, वडा नम्बर १० नम्बरमा १ करोड १५ लाख ९२ हजार, वडा नम्बर ११ मा १ करोड ७ लाख ६४ हजार, वडा नम्बर १२ मा ९२ लाख ४६ हजार, वडा नम्बर १३ नम्बरमा १ करोड २ लाख १२ हजार बजेट विनियोजित छ ।

त्यसैगरी वडा नम्बर १४ मा ९६ लाख ६० हजार, वडा नम्बर १५ मा १ करोड ११ लाख ७८ हजार, वडा नम्बर १६ मा १ करोड ५० लाख ४२ हजार, १७ मा १ करोड ९ लाख २ हजार, १८ मा १ करोड ७४ हजार, १९ मा ९५ लाख २२ हजार बजेट पठाइएको छ ।

त्यस्तै २० नम्बर वडामा ९३ लाख ८४ हजार, २१ मा १ करोड ३ लाख ५० हजार, २२ मा १ करोड २ लाख १२ हजार, २३ मा ९२ लाख ४६ हजार, २४ मा १ करोड २ लाख १२ हजार, २५ मा ९५ लाख २२ हजार बजेट सिलिङ्ग तथा मार्गदर्शन पठाइएको छ ।

२६ नम्बर वडामा ९९ लाख ३६ हजार, २७ मा १ करोड १० लाख ४० हजार, २८ मा १ करोड ४ लाख ८८ हजार, २९ मा पनि १ करोड ४ लाख ८८ हजार, ३० मा ९३ लाख ८४ हजार, ३१ मा १ करोड ४९ लाख ४ हजार र ३२ नम्बर वडामा १ करोड १८ लाख ६८ हजार बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् कुन वडामा कति बजेट सिलिङ्ग ?

 

प्रतिक्रिया दिनुहोस्