अन्तर्वार्ता

ब्राउन सुगरसहित पर्साका ३ जना पक्राउ

११ असार २०८१, मंगलवार १४:५६

वीरगञ्ज ,११ असार। बारा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोकबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ बस्ने ३० वर्षका मुनिलाल प्रसाद रौनियार, पोखरिया नगरपालिका–२ का १९ वर्षका दिपेन्द्र शर्मा र पकाहामैनपुर गाउँपालिका–४ खेस्राहाका १९ वर्षका भिम गिरी रहेका छन् ।

वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा बसमा चालक बस्ने सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा लागु औषध खैरो हेरोइन बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए । उनीहरुको साथबाट खैरो हेरोइन ९ ग्राम ७६० मिलिग्राम फेला पारेको प्रवक्ता न्यौपानेले बताए ।

पक्राउ परेकाहरुमाथि लागु औषधसम्बन्धि मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्