प्रदेश समाचार

१० औं चुरे दिवसको अवसरमा वीरगन्जमा वृक्षरोपण

२ असार २०८१, आईतवार १२:२३

वीरगन्ज, २ असार । १० औं चुरे दिवसको अवसरमा वीरगंज महानगर पालिकाकाको वडा नम्बर १४ गण्डक क्षेत्रमा आज वृक्षरोपण गरिएको छ ।

वीरगन्ज महानगरपालिका, राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकाश समिति भरतपुर चितवन र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वडा नं १४ गण्डकको मूल सडकको डीभाईडरमा बृक्षरोपण गरिएको हो ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यता र सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि नागरिक समाज, समाज सेवी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा ८० विरुवा सडकको मूल डीभाईडरमा वृक्षरोपण गरिएको थियो ।

त्यस्तै ४२० थान बिरुवा सर्वसाधारणलाई वितरण गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराइ, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकाश समिति भरतपुर चितवनका प्रमुख श्यामबाबु लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति चुरे तराई मधेस विकास समिति भरतपुर चितवनका प्रमुख लोप्चनका अनुसार ‘जनताको रहर, हरित शहर’ कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका र भरतपुर महानगरपालिकाहरु वृक्षरोपण कार्यक्रम गरिएको हो ।

वीरगन्ज महानगरपालिकाले गतबर्ष १५ लाखको वृक्षरोपण गरेको छ । चालू आर्थिक बर्षमा भने पाँच लाखको वृक्षरोपण गरिएको हो ।

भरतपुर महानगरपालिकाले गतबर्ष ३० लाखको वृक्षरोपण गरेको थियो भने, चालू आर्थिक बर्षमा १० लाखको मात्रै वृक्षरोपण गरिएको छ । वृक्षरोपणका लागि स्थानीय तहसँगको समन्वयमा उपयुक्त स्थान छनोट गरेर वृक्षरोपण गर्ने गरिएको प्रमुख लोप्चनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्