समाचार

बिराटनगरमा विद्यार्थीद्वारा सरकारी गाडीमा आगजनी

२७ जेष्ठ २०८१, आईतवार ११:३४

जेठ, २७ विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरका छन् । सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडीमा आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको । केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो ।

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्