प्रदेश समाचार

अध्यक्ष जसवन्त यादवद्वारा महुवनमा रेडक्रस भवनको शिलान्यास

२६ जेष्ठ २०८१, शनिबार १२:१३

वीरगन्ज, २६ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.– ५ महुवनमा निर्माण गर्न लागेको नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यलय भवनको शनिबार शिलान्यास गरिएको छ ।

भवनको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवद्वारा सम्पन्न भएको छ । शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले आफू मानवीय सेवाको काममा जहिले पनि अगाडी रहने बताउनु भयो ।

शाखाको भवन बनेपछि मानवीय सहायताको काममा अझ सहज हुने भएकोले यस पुण्य काममा लाग्न सवैसंग आग्रह गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले संघीयतापछि विपत व्यवस्थापको जिम्मेवारी पनि स्थानीय सरकारमा रहेकोले विपत व्यवस्थापनमा अझ सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो ।

अव स्थानीय स्तरमा रतmदान कार्यक्रमको आयोजना गर्न तथा विपतको तयारीमा यो भवन सहयोगी हुने बताउनुभयो । पालिकाले रेडक्रमको भवन निर्माण कार्य अगाडी बढाएकोमा जिल्ला शाखाको तर्फबाट धन्यवाद समेत दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको उपशाखा महवुनका सभापति जदु साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य महादेव शाह, समाज सेवी बिपिन रौनियार, गौरी यादव, झोटी शाह, कन्हैया शाह, राजेश दहैत लगायतको उपस्थिति रहेको थियो ।

सो भवन सखुवा प्रसौनी गाउँपालीकाको २५ लाख बजेट सहयोगमा भुई तल्लामा दुई वटा कोठा र माथी हल बन्न लागेको जदु साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्