प्रदेश समाचार

मधेश सरकार सरकार निर्माणका लागि आज ५५ जनाको दाबी पेस

२५ जेष्ठ २०८१, शुक्रबार ०९:१७

वीरगन्ज, २५ जेठ । मधेश सरकार निर्माणका लागि आज ५५ जनाको दाबी पेश भएको छ । एमाले–माओवादीसहितका सत्तारुढ दलको गठबन्धनले आज विहान ५५ जना प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन ।

प्रदेश प्रमुखले सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमाभित्र मधेस प्रदेशमा दलहरुले मधेश प्रदेशमा दाबी पेश गरेका हुन् ।

एमाले,माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टरार्इ (समीर) ले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश प्रमुखले सरकार निर्माण गर्नका लागि दाबी पेश आह्वान गरे अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित आज दाबी पेश भएको हो ।

प्रदेश सभाबाट बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुख भण्डरीले आजै मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्