वीरगन्ज, २३ जेठ । मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालय अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको स्रोतको भनाई छ ।
आफूलाई समर्थन गर्ने दलहरुसंग गरेको परामर्शपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयार गरेको कांग्रेसका एक प्रदेश सांसदको भनाइ छ ।
अन्तिम समयमा आएर मधेश प्रदेश सभाबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
कांग्रेसका प्रदेश सांसद श्याम पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मतको कार्यसूचि नसारेर विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्री यादवले सभामुखलाई विरामी परेको भन्दै आज विहान आजको कार्यसूचि सार्न निवेदन दिनुभएको थियो ।