प्रदेश समाचार

विश्व वातावरण दिवसको अवसरमा भिस्वा विहारमा वृक्षरोपण

२३ जेष्ठ २०८१, बुधबार ११:०९

वीरगन्ज, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा वीरगन्जमा बृहत वृक्षरोपण गरिएको छ । बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिष्वा विहारमा वृक्षरोपण गरेको हो ।

भारतीय महावाणिज्य दूतावास वीरगंज र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रिन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा विभिन्न प्रकारका आठ सय विरुवा रोपिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बिरगंज पर्साका प्रमुख प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको उपस्थितिमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, बिभिन्न सरकारी निकायका प्रतिनिधिहरु समाज सेवी, नागरिक समाज लगायत संचारकमीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्