समाचार

बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित

२२ जेष्ठ २०८१, मंगलवार १७:३९

नयाँ दिल्ली,२२ जेठ । लोकसभा चुनावमा पहिलो पटक उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् ।

कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् । उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए ।

विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्। कंगना रनौतले ५ लाख २७ हजार ४६३ मत ल्याइन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याए ।

४३ सय २० मतसहित बहुजन समाज पार्टीका डाक्टर प्रकाश चन्द्र भारद्वाज तेस्रो नम्बरमा रहे । मन्डी सिटमा जम्मा १० प्रत्यासी थिए ।

प्रतिक्रिया दिनुहोस्