मधेस

मधेश सरकारबाट एकीकृत समाजवादी पार्टी आज बाहिरिने

२२ जेष्ठ २०८१, मंगलवार १६:३०

वीरगञ्ज ,२२ जेठ । मधेश प्रदेश सरकारबाट एकीकृत समाजवादी पार्टीले बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशनबमोजिम एकीकृत समाजवादी पार्टी आज साँझसम्म प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको स्रोतले जनाएको छ ।

नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएपछि एकीकृत समाजवादी पार्टी मधेश सरकारबाट आजै बाहिरिने तयारी गरेको स्रोतको दाबी छ । सरकारबाट बाहिरिने र नयाँ समीकरण अनुसारको सरकारमा कसरी सहभागी हुनेबारे छलफलका लागि अहिले एसको अहिले संसदीय दलको बैठकसमेत डाकिएको छ ।

एकीकृत समाजवादीको तर्फबाट मन्त्री भएकी बेची लुङ्गेलीले नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको बताइन ।

उनका अनुसार त्यो निर्देशनबमोजिम अहिले एकीकृत समाजवादीको दलको बैठक पनि बोलाइएको छ । ‘सम्भवत आजै प्रदेश सरकारबाट हामी बाहिरिने छौं,’ उनले भनिन् ।’ छलफल सकिएपछि साँझसम्म एकीकृत समाजवादी सरकारबाट फिर्ता हुने तयारी गरेको उनको भनाइ छ ।

एकीकृत समाजवादीबाट मधेश सरकारमा २ जना मन्त्री सहभागी छन् । संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुङ्गेली सरकारमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्