प्रदेश समाचार

सिम्रौनगढमा कृषि मिटरको बिल भुक्तानी नगरपालिकाले गर्ने

२२ जेष्ठ २०८१, मंगलवार १५:२९

सिम्रौनगढ, २२ जेठ । बाराको सिम्रौनगढ नगरपालिकाले कृषकहरुले जडान गरेको कृषि मिटरको बिलको महशुल तिरिदिने भएको छ ।

नगर प्रमुख किशोरी प्रसाद कलवारले कृषकहरुको कृषि मिटर बिल निःशुल्क घोषणा गर्दै नगरपालिकाले महशुल तिरिदिने भएको हो ।

मंगलबार कार्यपालिका बोर्डका सदस्यहरुकोको उपस्थितिमा कृषकहरुको कृषि मिटरको पहिलेको भुक्तानी बिल २० लाख बराबरको चेक र कृषि मिटर कागजातहरु नगर प्रमुख कलवारले नेपाल बिद्युत प्राधिकरण सिम्रौनगढ प्रमुख तैयब अन्सारीलाई हस्तान्तरण गरे ।

२०८० श्रवाण देखि ०८१ असार सम्मको कृषि मिटर बिल रिडिङ्ग गर्न विद्युत प्राधिकरण सिम्रौनगढलाई अह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्