मधेस

मधेश प्रदेश सभाको तेस्रो अधिवेशको बैठक दिउँँसो २ देखि हुँदै

२१ जेष्ठ २०८१, सोमबार १३:४२

वीरगञ्ज, २१ जेठ। मधेश प्रदेश सभाको तेस्रो अधिवेशन बैठक आजदेखि सुरु भएको छ । प्रदेश सभाको भवनमा दिउँसो २ बजेदेखि तेस्रो अधिवेशन आह्वान भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

अधिवेशनको पहिलो शत्रको बैठक आजदेखि सुरु भएको मधेश प्रदेश सभाका सचिव अरुण झाले जनाए । उनका अनुसार तेस्रो शत्र सुरु भएपछि आज त्यसको पहिलो बैठक राखिएको हो ।
तेस्रो शत्रको पहिलो बैठकमा तीन वटा कार्यसूचि राखिएको छ । पहिलो सूचिमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको तेस्रो अधिवेशन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि छ ।

यसैगरी दोस्रो नम्बरमा सभाुमखले प्रदेश प्रमुखबाट प्राप्त मन्त्रीपरिषद् पुनर्गठन सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यक्रम छ भने तेस्रो नम्बरमा दलका नेता÷प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने कायसूचि रहेको प्रदेश सभा सचिवालले जानकारी दिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अहिले अल्पमतमा छ । एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्