प्रदेश समाचार

मधेसमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव पेश गरिदै

२० जेष्ठ २०८१, आईतवार १२:३९

वीरगन्ज, २० जेठ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढल्ने निश्चित भएको छ । एकीकृत समाजवादी पार्टी नेपालका दुईजना मन्त्रीले पनि आज सरकारबाट बाहिरिने तयारी गरेको छ ।

भने यसअघि सहमति भए अनुसार जनमत पार्टीको नेतृत्वमा नयाँ सरकारको गठनका लागि बहुमत सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष प्रस्ताव पेश गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालका सरोज कुमार यादवले जेठ २३ गते विश्वास मत लिने तयारी गरिरहँदा विपक्ष दलहरुले भने आजै प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिको लागि प्रस्ताव पेश गर्ने तयारी गरिएको हो ।

जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि बहुमद सांसदहरुको हस्ताक्षर सहित मुख्मन्त्री नियुक्त गर्न प्रस्ताव लिएर जाने तयारी गरेको स्रोतले जनाएको छ ।

अहिले अल्पमतमा रहेको मुख्यमन्त्री सरोज कुमार यादवले भने आफूले विश्वासको मत पाउने उच्च विश्वासका साथ जेठ २३ गतेका लागि विश्वासको मत लिने मिति तय गर्नुभएको छ ।

तर, सरकारलाई समर्थन गरिरहेको एकीकृत समाजवादी पार्टी पनि आज बाहिरिने र अर्को सरकार गठनका लागि जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस प्रदेश सरकार गठन गर्न तम्तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्