प्रदेश समाचार

वेष्ट केयर परवानीपुर पोलीक्लिनिकको सेवा शुभारम्भ

१९ जेष्ठ २०८१, शनिबार १३:०८

वीरगञ्ज, १९ जेठ । बीरगन्ज महानगरपालिका वडा नम्बर २१ को परवानीपुरमा पोलिक्लिनिक सेवा सञ्चालनमा आएको छ ।

परवानीपुर चोकस्थितको राधा कृष्ण मन्दिरको अगाडि बेस्ट केयर परवानीपुर पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको हो ।

बेस्ट केयर परवानीपुर पोलिक्लिनिकको नेपाली कांग्रेस सांसद एव पूर्व मन्त्री रमेश रिजालले शनिबार उद्घाटन गर्नुभयो । पोली क्लिनिकको उद्घाटन गर्दै पूर्व मन्त्री रिजालले स्थानीयलाई सेवाको भावनाले उपचारमा ध्यान दिन सुझाव दिनुभएको थियो ।

उहाँले आम नागरिकले सामान्य उपचारका लागि समेत सदरमुकाम धाउनुपर्ने अवस्था रहेको सुनादै स्थानीय स्तरमा सञ्चालनमा आएको क्लिनिकले सर्वसाधारणलाई बीरगन्ज धाउनुपर्ने अवस्था रोक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरीय सेवा प्रदान गरेपछि सर्वसाधारणलाई ठूलो सहयोग हुने भएकोले जनताको विश्वास जित्ने सेवा गर्न आग्रह गर्नुभयो । स्थानीयको स्वास्थ्य उपचारमा सहजताका लागि परवानीपुरमा पोलि क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक हबिब मियाले बताउनुभयो ।

उहाँका अनुसार सामान्वय उपचारका लागि पनि बीरगन्ज जानुपर्ने अवस्थाले खर्चिलो पनि भएकोले जनताको सेवाका लागि क्लिनिक स्थापना गरिएको हो ।

बेस्ट केयर पोलि क्लिनिक उद्घाटनमा कांग्रेस सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद शंकर चौधरी, महानगरका उपमेयर इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्