प्रदेश समाचार

सशस्त्र प्रहरीद्वारा १० लाख भन्दा बढीको सामान बरामद गरी भन्सार बुझायो

१६ जेष्ठ २०८१, बुधबार १८:४२

वीरगन्ज, १६ जेठ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट १० लाख भन्दा बढीको सामान बरामद गरी  भन्सार छलिका सामानहरु बरामद गरेको छ ।

वीरगन्ज महनगरपालिका वडा नम्बर १० आदर्शनगरबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज भन्सारबाट खटिएको टोलीले बेवारिसे अवस्थामा लुकाई राखेको चार लाख ९७ हजार चारसय मूल्य बराबरको ४१३ केजि कवाडि तामाको तार र ग्यास रेगुलेटर बरामद गरको छ ।

त्यस्तै ३ लाख ५५ हजार ७४० मूल्य बराबरको किराना सामान, कपडा तथा मोटरपार्टस पनि बरामद गरेको छ ।

साथै मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको भन्सार एकलाख मूल्य बराबरको बीआर ०५ एए ६८९७ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर–१ सिर्सियाबाट र बिन्दवासीनी गा.पा.–५ प्रसौनिभाठाबाट गरी ५८ हजार पाँचसय बराबरको कोल्ड ड्रिंंक्स, चिनि, कपडा लगायतका सामान बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्