समाचार

केजरीवालको अन्तरिम जमानत लम्ब्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार, फेरि जेल जान सक्ने

१६ जेष्ठ २०८१, बुधबार १७:५९

काठमाडौं,१६जेठ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । जमानत लम्ब्याउने याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध छैन।

केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा अन्तरिम जमानतमा छुटेका छन्। उनको जमानत जून १ मा सकिँदैछ ।

अरविन्द केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहाडबाट बाहिरिएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले अप्रिल २१ मा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्