मधेस

३५ क्युफिट सालको काठसहित पर्साबाट एक जना पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १७:५२

वीरगञ्ज,१६जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बेलटोक गाउँबाट तस्करीको काठसहित एकजना पक्राउ परेका छन् । वन गस्ती टोलीले ३५ क्युफिट काठसहित सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर सथवल निवासी भुपेन्द्र चौधरी पक्राउ परेका हुन् ।

बिन्दबासिनी कोईलाभार साझेदारी वन क्षेत्रबाट चोरी गरी टायर गाडामा लैजादै गरेको अवस्थामा सालको काठसहित उनी पक्राउ परेका हुन् ।सालको रुख कटान गरी गोलिया बनाएर लैजादै गरेको अवस्थामा सब डिविजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तमाङ्गको कमान्डमा खटेको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि डिविजन वन कार्यालय वीरगञ्ज पठाइएको छ । बरामद काठ, टायर गाडा, दुई वटा गोरु र एक थान काठ काट्ने आरा आवश्यक कारवाहीका लागि सव डिविजन वन कार्यालय बडनिहारमा राखिएको छ ।

काठ कुन प्रयोजनको लागि कहाँ लान लागिएको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्