प्रदेश समाचार

सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

१५ जेष्ठ २०८१, मंगलवार १२:४१

काठमाडौँ, १५ जेठ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) द्वारा सञ्चालित सीआईएन खबर स्थापनाभएको १६ बर्ष पुगेको छ । देशभरिका सामुदायिक रेडियोहरूको सञ्जाल (सीआईएन) को १६ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्थापना दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का पूर्व महासचिव तथा सामुदायिक रेडियो नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पनि सीआईएन खबरको स्थापना दिवसको अवसरमा शुभकामना दिनु भएको छ ।

सीआईएन र गणतन्त्र स्थापना दिवसको अवसरमा उहाँले शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब नेपालद्वारा सञ्चालित सीआईएनको स्थापना दिवसको अवसरमा बिहान ११ बजे विपद्मा सामुदायिक रेडियोको भूमिकाका बारे बृहत छलफलको आयोजना गरिएको म्यानेजर दीपक आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा विपद्को क्षेत्रमा क्रियाशील सङ्घसंस्था, प्रतिनिधिको सहभागिता रहने भएको छ । सीआईएन नेटवर्क २०६६ जेठ १५ मा स्थापना भएको हो । हाल सीआईएनले बिहान ६ बजे र बेलुका साढे ७ मा दैनिक समाचारमूलक कार्यक्रम साझा खबर र हरेक दिन बिहान साढे ६ बजेदेखि आधा घण्टा शिक्षा र सूचनामूलक कार्यक्रम प्रसारण गर्दै आएको छ ।

देशभरमा रहेका ३ सयभन्दा धेरै सामुदायिक रेडियोबाट सीआईएन प्रसारण हुन्छ । १६ औँ स्थापना दिवसको अवसरमा सीआईएनले पछिल्लो समयमा समाजमा भए गरेका सकारात्मक काम, अभ्यासका बारेमा गरिएका रिपोर्टिङ प्रसारण गर्दै आएको छ भने ‘समुदायमा सीआईएन’ शृङ्खला चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्