प्रदेश समाचार

पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै

१३ जेष्ठ २०८१, आईतवार १५:०८

वीरगन्ज, १३ जेठ । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानमा देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

सरकारको यस अभियान अन्र्तगत २०७३ वैशाखदेखि २०७५ असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइनेछ । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ ।

सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । पर्सा जिल्लामा दुई चरणमा गरी ३१ हजार ८१२ जना बालबालिकालाई आइपिभी खोप लगाइदैछ ।

पहिलो चरणअन्र्तगत आजदेखि १६ गतेसम्म १५ हजार ९८५ जना बालबालिकालाई आइपीभीविरुद्धको खोप लगाइने छ । यसैगरी दोस्रो चरण अन्र्तगत ज्येष्ठ २३ गतेदखि २६ गतेसम्म १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्