प्रदेश समाचार

१७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई

१३ जेष्ठ २०८१, आईतवार ११:५१

वीरगन्ज, १३ जेठ । १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साको संयुक्त आयोजनामा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सहयोगमा अलखिया मठ सरसफाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक केशर न्यौपाने, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र वहादुर सिंह, प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द,

सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र कुमार साह, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, उपाध्यक्ष संजय शर्मा, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी बरिष्ठ हवल्दार बिबेक राउत कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्