प्रदेश समाचार

आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा

१३ जेष्ठ २०८१, आईतवार ११:३९

वीरगन्ज, १३ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न दबाव स्वरुप वीरगन्जमा भेला गर्ने तयारी गरेको छ ।

जेष्ठ १६ गते वीरगंजको टाउनहलमा गर्ने जिल्ला भेलाको तयारी स्वरूप विभिन्न वडाहरुमा भेला सम्पन्न गरेको छ । आईतबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ को जगरनाथपुरमा वडा भेला समपन्न गरेको आजपा मधेस प्रदेश अध्यक्ष उमेश कुश्वाहाले जानकारी दिए ।

बीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन आयोजित उक्त भेलामा केन्द्रीय सचिव बाबुराम कौशिक तथा जिल्ला ईन्चार्ज कदम रसुल लगायत नेताहरुको सहभागिता रहेको थियो।

उक्त भेलाले रुपेश कुशवाहा अध्यक्ष, संदिप गुप्ता उपाध्यक्ष, निरज कुमार साह तेली सचिव र संदेश साह सहसचिव रहेको ३१ सद्स्य वाडा कमिटि गठन समेत गरेको प्रदेश अध्यक्ष कुश्वाहले बताए ।

प्रतिक्रिया दिनुहोस्