प्रदेश समाचार

हातहतियार ईजाजतपत्र नविकरण गराउन जिल्ला प्रशासन पर्साको आग्रह

१३ जेष्ठ २०८१, आईतवार १०:४२

वीरगन्ज, १३ जेठ । जिल्ला प्रशासन कार्यालय पर्साले हातहतियार राख्न लिईएका ईजाजतपत्र नविकरण आग्रह गरेको छ ।

धेरै समय देखि ईजाजत प्राप्त व्यक्ति वा संस्थाहरुले नविकरण नगराएको अभिलेख रहेकोले कार्यालयमा स्वयम उपस्थित भई नविकरण गराउन जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको हो ।

ईजाजत पत्र नविकरण गराउँदा साथमा हातहतियार लिएर आउन अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

साथै ५ वर्षभन्दा बढी समय देखि नविकरण नभएका सबै हातहतियारको ईजाजतपत्र नजिकको जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयमा अनिवार्य बुझाउन सूचनामा भनिएको छ ।

हतियार राख्ने लाईसेन्स (ईजाजतपत्र) को नविकरण समयमा नगराए वा बुभाउनुपर्ने हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्