प्रदेश समाचार

प्रेस सेन्टर पर्साले दुईवटा पुरस्कार वितरण गर्ने

१० जेष्ठ २०८१, बिहीबार १०:४८

वीरगन्ज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ ।

सेन्टरको जिल्ला समितिको बैठकले स्व.पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १३ गते पर्ने कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेको संयोजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गौतम सदस्य रहनेगरी समिति बनाएको छ ।

समितिले मापदण्ड बनाएर पुरस्कार छनोट समितिलाई बुझाई सकेको संयोजक पिठाकोटेले जानकारी दिनुभयो । त्यसैगरी पुरस्कार छनोटका लागि केन्द्रीय प्रतिनिधि सन्तोष पौडेलको संयोजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेको छनोट समिति बनाएको छ ।

समितिले आज सम्ममा व्यक्ति छनोट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारको राशी २१÷२१ हजारको रहने छ । पुरस्कार जेठ १२ गते कार्यक्रमको आयोजना गरि वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्