प्रदेश समाचार

सिरोहियालाई पक्राउको विरुद्ध नागरिक समाजद्वारा प्रदर्शन

९ जेष्ठ २०८१, बुधबार १२:१०

जेठ, ९ जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका विरुद्ध जनकपुरमा नागरिक समाजद्वारा प्रदर्शन गरेको छ ।

सिरोहियालाई अदालत पेश गर्न लैजादै गर्दा बुधबार जनकपुरमा प्रदर्शन समेत भएको हो । जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका थिए ।

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।

जिल्ला अदालत परिसर बाहिर पनि तरुण दल, नेपाल विद्यार्थी संघ, उद्योगी व्यवसायीलगायत उपस्थित भएर नाराबाजी जारी राखेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको छ ।

दुईवटा नागरिकता लिएको जाहेरीको आधारमा मंगलबार उनलाई कान्तिपुर मिडिया कार्यालयबाटै पक्राउ गरि धनुषा ल्याइएको थियो । उनलाई बुधबार अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्