प्रदेश समाचार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

७ जेष्ठ २०८१, सोमबार १३:१३

वीरगन्ज, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको कूल सांसदहरु मध्य प्रधानमन्त्रीले १५७ मत सहित विश्वासको मत पाएका हुन् ।

नेपालको संविधान २०७२ को १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि राख्नु भएको प्रस्तावमा प्रतिनिधिसभाको बहुमतबाट पारित भएको सभामुख देवराज मिमिरेले घोषणा गरे ।

कूल उपस्थित १५८ सदस्य संख्या मध्य प्रधानमन्त्री प्रचण्डले १५७ मत प्राप्त गरे । एकजना सांसद भने तटस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्