प्रदेश समाचार

सशस्त्र प्रहरीद्वारा झण्डै १४ लाख बराबरको सामान बरामद

६ जेष्ठ २०८१, आईतवार १६:५६

वीरगन्ज, ६ जेठ । सशस्त्र प्रहरीले दुईदिनमा झण्डै १४ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्सा अन्तर्गतका विभिन्न युनिटहरुबाट खटिएका टोलीले दुईदिनमा १३ लाख ९३ हजार ५४० रुपैंया बराबरको भन्सार छलिका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले वीरगन्ज महानगरपालिका वडा नम्बर–२ स्थित भकुवा ईलाकाबाट ६ लाख बराबरको कपडा बरामद गरेको थियो । त्यस्तै आज र हिजो भन्सार मेनगेट वरपरको ईलाकाबाट ७ लाख ६९ हजार ८१२ रुपैंया गरी १३ लाख ९३ हजार ५४० रुपैंया बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको किराना सामान, कपडा, प्रतिबन्धित ब्रोईलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा बरामद गर्नुका साथै सामान ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ एसी २१४५ नम्बरको मोटरसाईकल र ना २ ह २६३२ नम्बरको अटो समेत बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै बोर्डर आउट पोष्ट भिष्वा र महादेवपट्टिबाट खटिएको टोलिले पनि २३ हजार ७२८ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर चिनीमिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्