प्रदेश समाचार

जेठ १० गतेदेखि १२ गतेसम्म भारतसँग सीमा जोडिएको पर्साका नाका बन्द रहने

६ जेष्ठ २०८१, आईतवार १४:५५

वीरगन्ज, ६ जेठ । पर्साको नेपाल भारत सीमा क्षेत्र जेठ १० गतेदेखि १२ गतेसम्म बन्द हुने भएको छ । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएको पर्सा जिल्लाको सीमानाका बन्द गर्न लागिएको हो ।

भारत बिहारको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि २०८० फागुन ५ गते बसेका सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि नेपाल भारत सीमा जोडिएका जिल्लाहरुको नाका बन्द गर्ने निर्णय भएको थियो ।

सोही निर्णयानुसार जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० गतेदेखि १२ गतेसम्म सीमा नाका बन्द रहने जनाएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै भारत बिहारको पश्चिम चम्पारण, बेतियाले

शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेकोले जेठ १० गते साँच ६ बजेदेखि १२ गते साँझ ६ बजेसम्म ४८ घण्टाको लागि पर्साको भारतसँग जोडिएका सीमानाकाहरु बन्द हुने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्