प्रदेश समाचार

प्रभु साह नेतृत्वको पार्टीको श्रमिक संगठनको आयोजक समिति गठन

५ जेष्ठ २०८१, शनिबार १६:३२

वीरगन्ज, ५ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको भातृ संगठन आम पेन्टर श्रमिक संघको सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बिनोद कुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो । देशका सम्पूर्ण पेन्टरहरुको पेशागत हक अधिकारको रक्षा र विकासका लागि शनिबार आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको संगठनले जनाएको छ ।

आम ट्रेड यूनियन फेडरेशन नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भेलाले सम्मेलन आयोजक समिति गठन गरेको हो ।

कार्यक्रममा आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा तथा उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको बिशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले यस ऐतिहासिक बैठकबाट जिम्मेवारी प्राप्त गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्