प्रदेश समाचार

५१ सदस्य प्रगतिशिल जनस्व्वास्थ्यकर्मी महासंघ गठन

५ जेष्ठ २०८१, शनिबार ११:४९

वीरगन्ज, ५ जेठ । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

वीरगन्जमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनबाट सञ्जिव यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मधेस प्रदेशको नयाँ कमिटि गठन गरेको हो ।

नवगठित कमिटिको उपाध्यक्षमा रुपलाल साह र शिव मण्डल लगायत पदाधिकारी र सदस्य गरी ५१ जना रहेकाछन् । शुक्रबार भएको सम्मेलनमा सर्वसम्मन समिति चयन भएको हो ।

यसअघि सम्मेलनको नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इञ्चार्ज लिलामणि पोख्रेलले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्थायी समिति सदस्य तथा प्रदेश सहइञ्चार्ज विश्वनाथ साह, फ््रयाक्सन इञ्चार्ज कल्पना धमला, केन्द्रीय सदस्य तथ पर्सा इञ्चार्ज विजय महतो, बारा इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ लगायतका माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्