प्रदेश समाचार

समाजवाद स्थापनाका लागि अझै लडाई लड्नु छ : माओवादी नेता पोख्रेल

४ जेष्ठ २०८१, शुक्रबार १७:४८

वीरगन्ज, ४ जेठ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज लिलामणि पोख्रेलले नेकपा माओवादी पार्टीले सोचे अनुसारको शासन प्रणालीका अझै आन्दोलन जरुरी रहेको बताउनु भएको छ ।

माओवादी निकटको जनवर्गीय संगठन प्रगतीशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालको प्रथम मधेस सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै इञ्चार्ज पोख्रेलले समाजवाद स्थापना नभएसम्म सामाजिक न्याय र समृद्धि हासिल नहुने बताउनुभयो ।

उहाँले नेकपा माओवादीले जनयुद्धबाट जित पनि हासिल गर्न नसकेको र हार पनि खान नसक्दा राज्यसँगको वीनवीन सिचुएसनमा शान्ति प्रकृयामा आएको बताउनुभयो । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार भएपनि माओवादीले चाहे जस्तो भएन भनेर कार्यकर्ताहरुले गुनासो गर्नु स्वभाविक भएपनि अहिले माओवादीले उपलब्धिको रक्षा गरि अझै लड्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

माओवादीले जनयुद्ध जितेको भए हामीले बेग्लै शासन व्यावस्था हुने स्मरण गर्दै उहाँले माओवादीमाथि अझैपनि हजारौं मुद्दा तारबार जस्तै झुण्डाएर माओवादीलाई समाप्न पार्ने तत्वहरु लागि परेकोले त्यसको सामना गर्न नेता कार्यकर्ताहरु तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले जनयुद्धमा होस वा अन्य अवस्थामा होस स्वास्थ्यकर्मीहरुले खेलेको मानवीय भूमिका प्रशंसनीय रहेको बताउनुभयो । यस्तै पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका सहइञ्चार्ज विश्वनाथ साहले राज्यले स्वास्थ्यकर्मी र निजामती कर्मचारीहरुको पारिश्रमिक समान राखेर अन्याय गरेको बताउनुभयो ।

उहाँले लाखौ खर्च गरेर पढ्ने चिकित्सक र कम खर्चमै पढ्ने निजामति कर्मचारीहरुको समान तलव न्यायपूर्ण नहुने भन्दै चिकित्सकहरुको तलब निजामतिको भन्दा बढी हुनुपर्ने बताउनुभयो । पार्टीको विषयमा धारणा राख्दै उहाँले अहिले मधेस प्रदेशमा पार्टीमा अन्तरविरोध रहेको भएपनि जनवर्गीय संगठनमा पार्टीको प्रभाव अहिलेसम्म नपरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले जनवर्गीय संगठनहरुको सम्मेलन सम्पन्न गदै आउने भदौ सम्ममा सबै पार्टी संगठन दुरूस्त बनाउने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य एवं जनस्वास्वास्थ्यकर्मी महासंघका फ््रयाक्सन इञ्चार्ज कल्पना धमलाले संघीयतालाई सही ढंगबाट स्थापित हुन नसक्दा नागरिकले सहज सेवा प्राप्त गर्न नसकेको बताउदै यसले स्वास्थ्यक्षेत्रमा पनि असर पारेको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरूले रोजगार नपाएका, पाएकोहरुको पनि सम्मानित स्थान नपाउने गरेको भन्दै यी समग्र समस्याहरुको सम्बोधन गराउन सबै संगठित हुनुपर्ने बताउनुभयो । महासंघका अध्यक्ष बामदेव अर्याल हजारौ गोलीले भन्दा स्वास्थकर्मीहरूले दिने गोली र बोलीले नै समाज रूपान्तरण गर्न सकिने बताउनुभयो ।

उहाँले सेवाग्राही आउदा र उनीहरूको घरमा जाँदा दिईने हसिँलो सेवा नै जनस्वास्थ्यकर्मीको असल कार्य भएको बताउदै यसले नै समाजवादको विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विजय महतो, बारा इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिल, केन्द्रीय सदस्य गीता कणेल, टेक बहादुर शाक्य, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ पर्साका इञ्चार्ज रुपलाल साह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघका महासचिव लिलामणी आचार्यले स्वागत गरेको कार्यक्रमको महासंघका उपाध्यक्ष सुवास गुप्ताले सञ्चालन गर्नुभएको जनस्वास्थ्यकर्मी महासंघ पर्साका अध्यक्ष शिवहरि तिवारीले जानकराी दिनुभयो । वीरगन्जको बसपार्क स्थित होटल सोल्टी गार्डेनमा जारी कार्यक्रममा अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रपछि नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्