प्रदेश समाचार

वीरगन्ज साईक्लिङ क्लबद्वारा प्रहरीलाई ज्याकेट वितरण

४ जेष्ठ २०८१, शुक्रबार १२:५२

वीरगञ्ज, ४ जेठ । वीरगञ्ज साईक्लिङ्ग क्लबले प्रहरीलाई ५० थान ज्याकेट सहयोग गरेको छ ।

क्लबले प्रहरीले लगाउने प्रदुषण लाईट ज्याकेट विहीबार उपलब्ध गराएको हो । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीलाई उक्त ज्याकेट हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए ।

ज्याकेट बुझ्दै प्रहरी निरिक्षक बोगटीले खुसी व्यक्त गरे । उनले क्लबलाई धन्यावाद दिदै सह्रायिन कार्यको प्रशन्सा गरे ।

उक्त अवसरमा सामाजसेवी एवम फोरजिआर ग्रुपकी नुतन सरावगी, वीरगञ्ज साईक्लिङ्गका अध्यक्ष संजय अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्