प्रदेश समाचार

पर्साको पटेर्वासुगौली गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

४ जेष्ठ २०८१, शुक्रबार १२:३७

काठमाडौं, ४ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य क्षेत्रमा जनताको सर्बसुलभ पहुँचकोलागि आजदेखि एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले बताउनुभयो ।

बिगतमा एम्बुलेन्स सेवा नहँुदा जनतामा पर्न गएको असुबिधालाई ध्यानमा राखेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय अनुसार आजदेखि सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो ।

पालिकाको एम्बुलेन्स सेवाको न्युनतम दर रेट र लक्षित बर्ग र समुदायलाई निशुल्क गर्ने अब बस्ने कार्यपालिकाको बैठकबाट गरिने पनि बताउनुभयो ।

आजबाट सञ्चालनमा ल्याईएको एम्बुलेन्स सेवाको गाउँपालिका प्रमुख दिनेश चौधरी, उपप्रमुख ममता चौधरीले धार्मिक विधि अनुसार पूजा गरेका छन् ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरे लगायतका पालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्