प्रदेश समाचार

मेयर बालेन साह सहित तीन जना विरुद्ध कुटपिट र लुटपाटको मुद्दा

४ जेष्ठ २०८१, शुक्रबार १०:३४

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध कुटपिट र लुटपाटको मुद्दा परेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर साह नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा मुद्दा परेको हो ।

उनीहरु विरुद्ध बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको छ । अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन्।

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको आरोप प्रधान सम्पादक पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को ९३० बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ ९३० बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्