प्रदेश समाचार

आफ्नै बच्चाको हत्या गर्ने आमा पक्राउ

३ जेष्ठ २०८१, बिहीबार १९:०९

वीरगन्ज, ३ जेठ । पर्सा प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

आफ्नै बच्चालाई हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची हत्या गरेर फरार रहेकी उनलाई भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेकी थिईन्।

पर्सा जिल्ला अदालतबाट २०८० कार्तिक १९ गते कर्तव्य ज्यान मद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी उनलाई वीरगंजमै घुमफिर गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकी आरती कुमारीलाई जिल्ला अदालतमा हाजिर गराई थप कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्