प्रदेश समाचार

पत्रकारहरुको लागि आपतकालिन कोषको कार्यविधि तयार गर्दै

३ जेष्ठ २०८१, बिहीबार १८:५७

बीरगंज ३ जेठ । बीरगंज महानगरपालिकाले स्थापना गरेको आपतकालिन कोषको संचालनका लागि कार्यविधि तयार गरी लागु गर्ने निर्णय गरेको छ ।

आम संचार नियमन तथा प्रबद्र्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा बिहीबार बसेको वैठकले आपतकालिन कोष सञ्चालनका लागि कार्यविधि बनाएर कायान्वयनमा ल्याउन लागेको हो ।

आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुलाई विभिन्न घटना, दुर्घटना तथा उपचारमा सहयोगका लागि महानगरले आपतकालिन कोष खडा गरी क्रियाशिल पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले आवश्यक कोष संचालन कार्यविधि तयार गर्ने निर्णय गरेको हो ।

कार्यविधि तयारको जिम्मा समेत संयोजक ध्रुव अधिकारीलाई दिईएको छ । यसैगरी महानगरपालिकाले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनका लागि आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सूचिकृत हुन आगामी जेठ ६ गते प्रकाशन प्रसारण शाखालाई सूचिकृत गर्न सूचना प्रकाशित गर्नका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्