राजनीति

मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

३१ बैशाख २०८१, सोमबार ०८:२१

३१ बैशाख,काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ ।

मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा अझै मुख खोलेको छैन । एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो । जेठ ४ गते विश्वासको मत लिने अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्