अन्तर्वार्ता

पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो

११ असार २०८१, मंगलवार १२:०७

काठमाडौं ,११ असार। पाकिस्तानी विद्युत् नियामक निकायले ऊर्जाको भाउ २० प्रतिशतले बढाएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् ऊर्जा नियामक प्राधिकरणले विद्युत्को मूल्य २० प्रतिशतले बढाएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार आर्थिक वर्ष सन् २०२४–२५ का लागि ३८ खर्ब पाकिस्तानी रुपैयाँ जुटाउनका लागि प्राधिकरणले मुलुकभर लागू हुनेगरि विद्युत् महशुल बढाएको हो । नयाँ मूल्य जुलाई १ देखि लागू हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आउँदो आर्थिक वर्षका लागि विद्युत महशुल ३५.५० रुपैयाँ पुग्नेछ । यसअघि यो मूल्य २७.७८ रुपैयाँ प्रतियुनिट (किलोवाट प्रतिघण्टा) रहेको थियो ।

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा दैनिक घण्टौँसम्म लोडसेडिङको समस्या चलिरहेका बेला प्राधिकरणले विद्युत्को मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्