अन्तर्वार्ता

रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सहयोग गर्न आग्रह मधेश सरकारसँग माग

८ असार २०८१, शनिबार ११:१३

वीरगञ्ज ,८ असार। नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले रक्तसञ्चार केन्द्र भवन निर्माणका लागि आवश्यक सहयोगका लागि मधेश प्रदेश सरकारसँग माग गरेको छ ।

शाखाका सभापति सहित पदाधिकारी र सदस्यहरूले आज अर्थमन्त्री भरत साहलाई भेटेर रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको हो ।

हाल सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रको भवन जीर्ण हुँदै गएको र सडक विस्तार भएमा भत्काउनु पर्ने अवस्था रहेकोले तत्काल सेवा अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै समयमा भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेलले बताउनु भयो ।

रेडक्रस सोसाईटीको पत्र बुझ्दै अर्थमन्त्री साहले यसपटक हतारमा बजेट ल्याउनुपर्ने बाध्यताका कारण प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्न नभ्याएपनि रक्तसञ्चार केन्द्र जस्तो मानवीय सहायताको सेवा क्षेत्रका लागि आफूले सक्दो बजेटको व्यावस्था गर्ने पहल गर्ने आश्वनसन दिनुभयो । अनुरोध पत्र बुझाउने टोलीमा सभापति कँडेल, उपसभापति मधु राणा, कोषाध्यक्ष महन्थ यादव, महानगर अध्यक्ष संतोष गुप्ता, कार्यसमिति सदस्य शिवनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्