अन्तर्वार्ता

मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विस्तारित बैठक वीरगन्जमा शुरु

७ असार २०८१, शुक्रबार १२:३२

वीरगन्ज, ७ असार । नेकपा (माओवादी केन्द्र) पार्टीको जनवर्गीय संगठन मधेसी राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय कार्यालयको बृहत विस्तारित बैठक आजबाट शुरु भएको छ ।

वीरगन्जको नगरसभा गृह (टाउन हल) मा विस्तारित बैठक आजबाट शुरु भएको हो ।

बैठकमा पार्टीको नीति र विधानको अधिनमा रही मधेसको जनजीविकासँग सरोकार राख्ने मुद्दाको विषयमा गहन छलफल हुने र त्यसबाट सहभागी नेताहरुको राय सुझाव सहित घोषणा पत्र जारी गरी बैठक सकिने मोर्चाका इञ्चार्ज मातृका यादवले जानकारी दिनुभयो ।

आज र भोली दुईदिन चल्ने विस्तारित बैठकले कोमामा रहेको मधेसी राष्ट्रिय मुक्ति मोर्चालाई क्रियशील बनाउनु साथै मधेशी जनताको समस्या मुद्दालाई उठान गरी भ्रष्टाचार निर्मूल पारेर सुशासन कायम गर्नका लागि अभियान शुरु गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्