अन्तर्वार्ता

रास्वपाको दोश्रो बाषिकोत्सवमा चियापान कार्यक्रमको आयोजना

७ असार २०८१, शुक्रबार ११:५७

वीरगन्ज, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोश्रो स्थापना दिवसको अवसरमा आज पर्सा शाखाले वीरगन्जमा चियापन कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरु प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै रास्वपाका सामाजिक संगठन सचिव शंकर श्रेष्ठले रास्वपाले भ्रष्टाचार शुन्य शासन व्यावस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा आगाडि आएको बताउनुभयो ।

उहाँले पूराना राजनीतिक दलहरुप्रति नागरिकको निराशा बढ्दै गएकोले त्यसको विकल्पको रुपमा रास्वपा अगाडि आएको बताउनुभयो । उहाँले रास्वपाका मन्त्रीले जिम्मेवारी लिएका मन्त्रालयहरुमा अहिले जनताको काम देखिने गरी भईरहेको बताउदै यसले विपक्षीहरु अत्तालिएको बताउनुभयो ।

रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी,

वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्