अन्तर्वार्ता

वीरगञ्जमा आज देखी तिनदिने आमसंचारकर्मीहरुको क्षमता अभिवृद्धि तालिम शुरु

६ असार २०८१, बिहीबार १७:४७

वीरगञ्ज  ६ असार। वीरगञ्जमा आज देखी तिनदिने आमसंचारकर्मीहरुको क्षमता अभिवृद्धिको तालिम शुरु भएको छ । वीरगञ्ज महानगरको आर्थिक सहयोग र मधेश खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा तालिम शुरु भएको हो ।

आजबाट वीरगञ्ज गेटवे होटलमा शुरु तालिमको उद्घाटन वीरगंजका मेयर राजेशमान सिंहले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मेयर सिंहले तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिए । उनले आलोचना संगै वीरगञ्ज महानगरले गरेका राम्रा कामको बारेमा पनि कलम चलाई दिन वीरगंजका पत्रकारहरुलाई अनुरोध गरे ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै मेयर सिंहले त्यसता पत्रकारिताले समाजमा द्धन्द सृजना हुने दावी गरे । मेयर सिंहले स्वच्छ र भयरहित वातावरणमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । यसैगरी वरिष्ठ पत्रकार चन्दकिसोर झाले पत्रकार सृजनशिल भए मात्र पत्रकारिता क्षेत्रमा टिक्न सक्ने दावी गरे । पत्रकारिता बिषय आफैमा संवेदशिल बिषय भएकोले यसलाई हल्का रुपमा नलिन आग्रह गरे । उनले सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न तालिममा सहभागिहरुलाई आग्रह गरे ।

वीरगञ्ज महानगरपालिकाको आम संचार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए । पत्रकारको क्षमता अभिबृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत्त कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम संचालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पर्साका अध्यक्ष अनुप तिवारी, आम सञ्चार प्रवद्र्धन समितिका संयोजक धु्रव अधिकारी, नवराज फूयाँल लगायतको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष क्रान्ति साहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य माधुरी महतोले गरेकि थिईन भने सहजीकरण श्याम सर्राफले गरेका थिए । तालिममा वीरगञ्जका बिभिन्न संचारगृहमा काम गर्ने करिव ३५ जना पत्रकारहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्