अन्तर्वार्ता

२ करोड भन्दा बढी मूल्यका भन्सार छलीको सामानसहित पर्साबाट ३ वटा ट्रक पक्राउ

४ असार २०८१, मंगलवार १७:१९

वीरगञ्ज ४ असार । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलि गरेको आशंकामा तीनवटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २ करोड २९ लाख ३९ हजार ६५७ रुपैंया मूल्य बराबरको सामान सहित तीन वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । हिजो बेलुकी सवा नौ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ एकीकृत भन्सार जाँचा चौकी आइसीपी गेटका सडकखण्डबाट तीनवटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरको ट्रकहरूमा शंका लागेर जाँच गर्दा हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू फेला परेपछि नियन्त्रणमा लिईएको हो । सामान सहित नियन्त्रणमा लिएको ट्रकहरुलाई आवश्यक कारवाहीको राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्त डिएसपी भारतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्