अन्तर्वार्ता

मधेस प्रदेशका ४५ प्रतिशत वडाहरूमा माध्यमिकस्तरका विद्यालय

४ असार २०८१, मंगलवार १३:११

वीरगञ्ज, ४ असार । नेपालमा ६७ प्रतिशत वडाहरूमा माध्यमिकस्तरका विद्यालयहरू रहेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ७० प्रतिशतभन्दा बढी वडाहरूमा यस्तो पूर्वाधार छ भने मधेस र कर्णालीमा यो क्रमशः ४५ र ६० प्रतिशत मात्र छ ।

त्यस्तै, नेपालका १४.५ प्रतिशत वडाहरूमा मात्र कलेज वा क्याम्पस छन् । मधेस र कर्णालीका नौ प्रतिशत वडाहरूमा मात्र यो पूर्वाधार रहेको पाईएको छ । शैक्षिक पूर्वाधारअन्तर्गत सार्वजनिक पुस्तकालय र सामुदायिक सिकाइ केन्द्रलाई पनि राखिएको छ । देशभरिका सबै वडाहरूमा यस्तो पूर्वाधार उपलब्ध रहेको पाईएको छैन ।

प्रतिवेदनमा मधेस प्रदेशमा निजी अस्पतालहरूको संख्या सबैभन्दा बढी देखाइएको छ । मधेस प्रदेशमा २०४ वटा निजी अस्पताल छन् । यस्तै, लुम्बिनी प्रदेशमा १७८ र बाग्मती प्रदेशमा १७६ वटा निजी अस्पताल रहेको प्रतिवेदनमा उल्लेख छ ।

निजी अस्पतालको संख्या सबैभन्दा कम कर्णाली प्रदेशमा ८६ रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्क हेर्दा सात प्रदेशमा २१ देखि २८ प्रतिशतसम्म वडामा रहेको देखिन्छ । मधेसमा सर्वाधिक २८ प्रतिशत वडामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्