समाचार

भारतमा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

३ असार २०८१, सोमबार १७:२२

काठमाडौँ  ३ असार। भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्किएको र आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

यात्रूवाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् । भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रूहरू ओहोरदोहोर गर्छन् ।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले एक विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन् ।

सिन्हाले भने, “एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।”

मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रू रहेको सिन्हाले बताए ।

प्रतिक्रिया दिनुहोस्