आर्थिक

वीरगञ्जबाट १२ लाख हुण्डीको रकम सहित एक जना पक्राउ

३ असार २०८१, सोमबार १७:१६

वीरगञ्ज,३ असार । सशस्त्र प्रहरी पर्साले १२ लाख हुण्डीको रकम र मोटरसाईकल सहित पक्राउ गरेको एक व्यक्तिलाई भन्सारमा दाखिला गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार चेकप्वाईन्टबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटीएको सशस्त्र प्रहरीको टोलिले भारतको १२ लाख हुण्डीको रकम सहित जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुर टोल बस्ने अन्दाजी बर्ष ३८ को छठु महतो कोईरीलाई रकम सहित भन्सार दाखिला गरेको हो ।

रक्सौलबाट प्रदेश २–०३–०२० प ४२२२ नं.को मोटरसाईकलमा बिरगंजतर्फ आउदै गर्दा चेकजाँच गर्ने क्रममा उनले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको १२ लाख रुपैंयाको स्रोत नखुलेपछि बरामद रकम र मोटरसाईकल सहित नियन्त्रणमा लिएर आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्