प्रदेश समाचार

नेपाली कांग्रेस पर्साको अगुवा कार्यकर्तालाई प्रशिक्षण

१ असार २०८१, शनिबार १६:०८

वीरगन्ज, १ असार । नेपाली कांग्रेस पर्साले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको प्रशिक्षण कार्यक्रमको उदघाट्न प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अनिल रुङ्टाले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरणका लागि प्रशिक्षणको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ति प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताउनुभयो ।

उहाँले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निराशा छाएको बताउदै पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षण कार्यक्रमहरु गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले नेपाली कांग्रेस पर्साका सम्पूर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिने बताउदै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाउन निर्देशन दिए ।

नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपूर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताउनुभयो । प्रशिक्षणमा चन्देश्वर यादव,रामेश्वर ढकाल, उप–सभापति अशोक गुप्ता, पूर्व उप–सभापति राजु गुप्ता,

वीरगन्ज महानगपालिकाका उपमेयर इम्तियाज आलम, प्रेमबहादुर थापा, मदन यादव, रमेश पाण्डे, नगर सचिव श्याम पटेल, हरिन्द्र यादव, नागेश्वर प्रसाद, शिवचन्द्र कोइरी, फरेन्द्र यादव, कन्हैया ठाकुर, बाबुनन्द पटेल, जेपी ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि, पदाधिकारी, विभिन्न शुभेच्छुक संगठनका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।  कार्यक्रममा रामेश्वर ढकाल, जितेन्द्र पुरुष ढकाल, अमृत लाल जोशी, सरोज चौरसिया, सरिता चौधरी लगायतले नेपाली कांग्रेसकोबारे तालिम दिएका थिए ।

कार्यक्रमको सहजीकरण सरिता चौधरी र जितेन्द्र पुरुष ढकालले गर्नुभएको थियो । स्वागत मन्तव्य निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहले गर्नुभएको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार सचार विभागका सदस्य राहुल गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्