प्रदेश समाचार

विश्व रक्तदाता दिवसको अवसरमा नारायणी एफ.एम. सहित विभिन्न व्यक्ति र संस्था सम्मानित

३२ जेष्ठ २०८१, शुक्रबार १२:१७

वीरगन्ज, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा नारायणी एफ.एम. सहित १५६ संस्था र व्ययक्ति सम्मानित भएका छन् ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले कार्यक्रमको आयोजना गरि नारायणी एफ.एम. सहित १५६ संस्थालाई सम्मान गरेको छ ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेलले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गर्नुभएको हो ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा ५० पोका भन्दा बढी रगत संकलन गर्ने नारायणी एफ.एम १०३.८ मेगाहर्ज सहित ८१ वटा संस्था आकस्मिक रक्तदान गर्ने २० संस्था र व्यक्तिहरु गरी १०१ लाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

त्यस्तै निःशुल्क रगत उपलब्ध गराउन ५५ व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्था, निःशुल्क रक्तदान गर्ने २० जना व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिनुभयो ।

कार्यक्रममा रेडक्रस पर्साका सभापति विरेन्द्रराज कडेँल, नारायणी अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डाक्टर खालिद हसन, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुश्वाहा,

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अरविन्द सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य रोशनी श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्